Friday, August 23, 2013


बेलुन जस्तै खुसीले किन फुल्छ मान्छे?
फुट्छ थाछ आफैंलाइ,किन भुल्छ मान्छे?

खाल्डो खन्छन् लडाउछन,अनी खित्खित् हाँस्छन्
खुट्टा तान्ने फोहोरी खेल्मा,किन झुल्छ मान्छे?

पाप गर्छन् तिनै यहाँ,पूजापाठ पनि
धर्म रुपी मुकोन्डोमा,किन डुल्छ मान्छे?

पेल्छन् त्याग्छन् आफन्तलाई,रोटी खान पाए
भित्र कालो लुकाएर,किन खुल्छ मान्छे?

ओछ्याउँछन् सिरक पाए,तल्लिन दुनो सोझ्याउन
दुध बनी पानीमा,किन घुल्छ मान्छे?

बेलुन जस्तै खुसीले किन फुल्छ मान्छे?
फुट्छ थाछ आफैंलाइ,किन भुल्छ मान्छे?
खुट्टा तान्ने फोहोरी खेल्मा,किन झुल्छ मान्छे?
धर्म रुपी मुकोन्डोमा,किन डुल्छ मान्छे?
भित्र कालो लुकाएर,किन खुल्छ मान्छे?
................राजु गुरुङ भलायखर्क-,लम्जुङ (हाल पाटन स्वास्थ्य बिज्ञान प्रतिस्ठान ललितपुरमा एमबिबिएस चौथो बर्षमा अध्ययनरत)

No comments:

Post a Comment