Sunday, August 18, 2013

सदुपयोग शुक्रबारको


बिक्रिमा मानबता, किन्ने हो?
मुल्य घट्यो देबता, किन्ने हो?

बुद्ध हराए देशमा, न्याय गोर्खामा,
छुट्मा शन्तिदाता, किन्ने हो?

साधुलाई सुली यहाँ, भ्रस्ट  भोजमा
निसुल्कमा कानुन यता, किन्ने हो?

काम गर्ने भोकै मर्ने बिना भकारीमा,
प्रदर्शनिमा अन्नदाता किन्ने हो?

गरीब मिचीए माटोमा, अगुवा सिहँसान्मा
छ्याप्छ्याप्ती सस्ता नेता किन्ने हो?

कोही घुम्छन् पेट टाल्न,कोही घटाउन
मन बिनाको ममता किन्ने हो?

...........................राजु गुरुङ


No comments:

Post a Comment