Friday, August 23, 2013


बेलुन जस्तै खुसीले किन फुल्छ मान्छे?
फुट्छ थाछ आफैंलाइ,किन भुल्छ मान्छे?

खाल्डो खन्छन् लडाउछन,अनी खित्खित् हाँस्छन्
खुट्टा तान्ने फोहोरी खेल्मा,किन झुल्छ मान्छे?

पाप गर्छन् तिनै यहाँ,पूजापाठ पनि
धर्म रुपी मुकोन्डोमा,किन डुल्छ मान्छे?

पेल्छन् त्याग्छन् आफन्तलाई,रोटी खान पाए
भित्र कालो लुकाएर,किन खुल्छ मान्छे?

ओछ्याउँछन् सिरक पाए,तल्लिन दुनो सोझ्याउन
दुध बनी पानीमा,किन घुल्छ मान्छे?

बेलुन जस्तै खुसीले किन फुल्छ मान्छे?
फुट्छ थाछ आफैंलाइ,किन भुल्छ मान्छे?
खुट्टा तान्ने फोहोरी खेल्मा,किन झुल्छ मान्छे?
धर्म रुपी मुकोन्डोमा,किन डुल्छ मान्छे?
भित्र कालो लुकाएर,किन खुल्छ मान्छे?
................राजु गुरुङ भलायखर्क-,लम्जुङ (हाल पाटन स्वास्थ्य बिज्ञान प्रतिस्ठान ललितपुरमा एमबिबिएस चौथो बर्षमा अध्ययनरत)

Sunday, August 18, 2013

सदुपयोग शुक्रबारको


बिक्रिमा मानबता, किन्ने हो?
मुल्य घट्यो देबता, किन्ने हो?

बुद्ध हराए देशमा, न्याय गोर्खामा,
छुट्मा शन्तिदाता, किन्ने हो?

साधुलाई सुली यहाँ, भ्रस्ट  भोजमा
निसुल्कमा कानुन यता, किन्ने हो?

काम गर्ने भोकै मर्ने बिना भकारीमा,
प्रदर्शनिमा अन्नदाता किन्ने हो?

गरीब मिचीए माटोमा, अगुवा सिहँसान्मा
छ्याप्छ्याप्ती सस्ता नेता किन्ने हो?

कोही घुम्छन् पेट टाल्न,कोही घटाउन
मन बिनाको ममता किन्ने हो?

...........................राजु गुरुङ


Saturday, August 17, 2013

नबिन सुरुवात दिपशिखा सँग

नमस्कार (छ्याजोलो)
आजको मितीबाट ब्लगको संसारमा पाइला टेक्दै छु।।।
सुरुवात त गरे तर गन्तब्यको टुङो कहाँ लाग्ने हो?? थाहा छैन।।।
सहयोग र शहयात्रा को आपेछ्या रख्दछु...
धन्यवाद !!!